
विकास खनाल
गुणादी : जथाभावी बिजुलीका पाेल गाडेर जाेखिम बढाएको भन्दै सर्भे नापी अनुसार सडक र विद्युत लाइन बिस्तार गर्नुपर्ने गुणादीवासीकाे माग पूरा हुने भएको छ ।
दमाैली न्युज डट कममा समाचार प्रकाशित भए पछि त्यसको प्रभाव स्वरूप प्राधिकरण माग पुरा गर्न तयार भएको हाे ।
यस सम्बन्धमा स्थानीयवासीका तर्फबाट समेत ज्ञापन पत्र पठाइएको वडा सदस्य विनोद खनालले बताए ।
सर्भे नापी अनुसार पृथ्वीराजमार्ग सडक खण्ड अन्तर्गत दमाैली पाेखरा विद्युत लाइन विस्तार सिलसिलामा घर नजिकै बिजुलीका पाेल गाड्न थालिएपछि खतरा बढेको भन्दै गुणादीवासीले विरोध गरेका थिए । स्थानीयकाे विरोधमा उत्रिएका कारण सडक र विद्युत प्राधिकरण माग सम्बाेधनका लागि तयार भएको वडा अध्यक्ष शिवशरण वाग्लेले बताए ।
‘४ लेन सडक विस्तार गर्न विद्युत प्राधिकरणले गत वर्ष सडक किनाराबाट ७/८ मिटर पर विद्युत पाेल गाडी लाइन विस्तार गरेको भए पनि अहिले सार्ने काम गरेपछि हामीले पुरानै अवस्थामा राख्नुपर्छ भनेर विराेध गरेका थियौ,’ अध्यक्ष वाग्लेले भने ।

३३ हजार भाेल्टकाे हाइभाेल्टेज लाइनलाइ स्थानीय हरूलाई कुनै जानकारी नै नदिइ सडक देखि २५ मिटरमा घर गाेठ माथि पर्ने गरि गाड्न , सार्न खाेजेकाेले त्यसाे नगर्न भनिएको र अब २५ मिटरमा पाेल रहने र घर नजिकैको भागमा कालो तार हाल्ने सहमति भएको अध्यक्ष वाग्लेले जानकारी दिए ।
सहमति सँगै पाेल विस्तारमा राेकिएकाे काम नियमित हुने भएको छ।