
भानुः भानु नगरपालिका वडा नम्बर १३ कार्यालयले नयाँ भवनबाट सेवा थालेको छ । शुक्रबार नवनिर्मित भवनमा पूजाआर्चना गरेर सेवा शुभारम्भ गरिएको स्थानीय संगम सुमिर पियाले जानकारी दिए ।

एक करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भवनमा अब सोमबारबाट नियमित रुपमा सेवा थाल्ने जानकारी वडाध्यक्ष रामबहादुर बानियाँले दिए ।

गाउँमै सुविधासम्पन्न भवन बनेपछि सेवाग्राहीलाई सहज भएको पियाले बताए ।