मुख्यमन्त्री नेपाली भन्छन्,‘६ महिनामा सबैलाई खोप, विपक्षीले भनेजस्तो बजेट काटेका छैनौं, ’

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विपक्षीले आरोप लगाएजस्तो आफ्नो सरकारले पुराना योजना नकाटेको बताएका छन् ।

तनहुँको दमौलीमा पहिलो पटक औपचारिक कार्यक्रममा आएका मुख्यमन्त्रीले विपक्षीले बनिसकेका योजना काटेको भनेर आरोप लगाए पनि आफ्नो सरकारले कुनै पनि बहुवर्षिय ठेक्काको रकम नकाटेको र राम्रा कामलाई निरन्तरता दिएको दाबी गरे ।

‘बजेट बनाउनु अघि अघिल्लो सरकारले ३८ अर्बको सिलिङ गरेको थियो तर श्रोत नै आउन नसक्ने भएकाले ३० अर्बमा झ¥यो । तर पनि हामीले पहिलेका बहुवर्षिय कार्यक्रमको बजेट रोकनौं । केही नयाँ राम्रो शुरुवात पनि गरेका छौं,’ जिल्ला समन्वय समिति तनहुँमा आयोजित कार्यालय प्रमुखहरुसँगको अन्र्तक्रियामा उनले भने ।


६ महिनाभित्र सबैलाई खोप

मुख्यमन्त्री नेपालीले प्रदेशवासीलाई कोभिड जोखिमबाट बाहिर ल्याउनु मूलमन्त्र भन्दै सरकारले ६ महिनाभित्र सबैलाई खोप दिने विश्वास व्यक्त गरे । ‘हामीले कोभिडविरुद्धको खोप किन्न बजेट समेत व्यवस्था गरेका छौं,’ उनले भने,‘हामीले सिधै किन्न नमिले पनि संघ सरकार र अरु तरिकाबाट पनि ६ महिनाभित्र सबैलाई खोप दिलाउँछौं ।’


मुख्यमन्त्रीले प्रदेश सरकारले विपद्मा समस्या परेका नागरिकलाई घर बनाउन तथा पूर्वाधारको मर्मतका लागि सबै जिल्लामा सहयोग गरेको भन्दै विपद्को अवस्थामा कुनै पनि कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामै कोभिड परीक्षणको व्यवस्थ ागर्न मुख्यमन्त्रीसँग आग्रह गरे ।
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रदेश सरकारले दमौली अस्पतालको व्यवस्थापनमा विशेष चासो दिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले तनहुँका विभिन्न भागमा परेका विपद्का समयमा प्रशासनमार्फ प्रदेश सरकारबाट सहयोग भएको बताए ।
दमौली अस्पताल विकास समितिकाब अध्यक्ष प्रदीपराज अधिकारीले गोवद्र्धन आँखा उपचार केन्द्रसहित विभिन्न योजनामा प्रदेश सरकारबाट साथ पाएको भन्दै मुख्यमन्त्रीप्रति आभार प्रकट गरे ।

पूर्वाधार कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाले विपद्का समयमा ऋषिङ गाउँपालिकाको सडक मर्मत देखि अहिले छाब्दी जाने पुलको समेत नियमित काम भैरहेको बताए ।

कार्यक्रममा मुख्यमन्त्रीले कार्यालय प्रमुखहरुलाई निष्ठापूर्वक काम गर्दा प्रदेश सरकारका तर्फबाट हरतरहको साथ रहने प्रतिवद्धता मुख्यमन्त्रीले व्यक्त गरेको जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले लगत्तै पार्टी कार्यालयमा निरीक्षण तथा बाढीका कारण भत्किएर गण्डकी प्रदेश सरकारका तर्फबाट निर्माण भैरहेको मोटरेबल पुल निर्माण क्षेत्रको समेत निरीक्षण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी