विदेशिएका बरच्याङेबाट गाउँको विद्यालयमा प्रिन्टर सहयोग

  • ख-
  • ख+

म्याग्देः वैदेशिक रोजगारीका शिलशिलामा हाल विभिन्न देशमा रहेका म्याग्दे १ बरच्याङका युवाहरुले गाउँको स्थानिदेवी प्राविलाई प्रिन्टर सहयोग गरेका छन् ।


आर्थिक अभावमा आवश्यक सामग्री जोहो गर्न नसकेको अवस्थामा प्राप्त सहयोगले हौसला मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामु थापाले बताए । युवाहरुका तर्फबाट हाल घर आएका श्रीराम खण्डलु मगरले ३० हजार मूल्य पर्ने मेशिन अध्यक्ष थापा र प्रधानाध्यापक कमलादेवी थापालाई हस्तान्तरण गरेका थिए ।


हाल साउदी अरेयिबा, कतार, सुडान तथा मलेसियालगायतका मूलुकमा रहेका युवाहरुबाट सहयोग प्राप्त भएको अध्यक्ष थापाले बताए । गाउँमा स्थानीयले निजी श्रोतबाट पैसा उठाएर थप दुई निजी शिक्षकमार्फत पठनपाठन गराइरहेको विद्यालयमा २५विद्यार्थी पढिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी