मुख्यमन्त्री तनहुँ आउँदै, छाब्दी पुल अवलोकनदेखि कार्यकर्ता भेटघाटका कार्यक्रम

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बिहीबार दमौली आउँदैछन् । दिउँसो दमौली आइपुग्ने उनले बाढीका कारण यातायात ठप्प भए पछि प्रदेश सरकारको सहयोगमा बनिरहेको पुलको अवलोकन गर्नेछन् ।

तनहुँका कार्यालय प्रमुखहरुलाई समेत निर्देशन दिने उनले कांग्रेस नेता कार्यकर्तासँग पनि भेटवार्ता गर्नेछन् । मुख्यमन्त्रीको सचिवालयका अनुसार त्यसलगत्तै उनी गृहजिल्ला नवलपुर जानेछन् ।

तनहुँको ऋषिङमा पहिलो औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी मुख्यमन्त्रीको दमौलीमा यो पहिलो औपचारिक कार्यक्रम हुन लागेको हो । दमौलीमै हुर्किएर लामो समय राजनीति गरेका मुख्यमन्त्री नेपालीले त्यसपछि भने नवलपुरबाट राजनीतिलाई निरन्तरता दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी