सर्भे नापी अनुसार सडक र विद्युत लाइन विस्तार गर्न गुणादीवासीको माग

  • ख-
  • ख+

विकास खनाल
गुणादी:
जथाभावी बिजुलीका पोल गाडेर जोखिम बढाएको भन्दै सर्भे नापी अनुसार सडक र
विद्युत लाइन विस्तार गर्न गुणादीवासीले माग गरेका छन् ।

पृथ्वीराजमार्ग सडक खण्ड अन्तर्गत दमौली पोखरा विद्युत लाइन विस्तार सिलसिलामा घर नजिकै बिजुलीका पोल गाड्न थालिएपछि खतरा बढेको भन्दै गुणादीवासीले छलफल गरि सडक र विद्युत प्राधिकरण लाई ध्यानाकर्षण गराउने निर्णय भएको वडा अध्यक्ष शिवसरण वाग्लेले बताए ।

४ लेन सडक विस्तार गर्न विद्युत प्राधिकरणले गतबर्स सडक किनारा बाट ७÷८ मिटर पर
विद्युत पोल गाडी लाइन बिस्तार गरेको भए पनि अहिले सार्ने काम गरेको अध्यक्ष वाग्लेले बताए । ३३ हजार भोल्टको हाइभोल्टेज लाइनलाइ स्थानीयलाई कुनै जानकारी नै नदिइ सडक देखि २५ मिटरमा घर गोठ माथि पर्ने गरि गाड्न , सार्न खोजेकोले त्यसो नगर्न स्थानीयले माग गरेको वाग्लेले बताए ।

घरको पालिमा टाँसेर अनि कसैको घरमा नैं पर्ने गरि पोल गाड्दा भयंकर डरलाग्दो भएको छ वडा सदस्य विनोद खनालले भने । यसले एकातिर मानव स्वास्थ्यलाई असर पर्ने तथा साना बालबालिकालाई समेत विकिरणले शारीरिक अपांगता बनाउने डर हुने खनालले बताए । यस्तो डरलाग्दो दुर्घटनाको सम्भावनालाई टार्न सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउनु पर्दछ स्थानीय बिस्णुमाया खनालले भनिन् ।

सडकको मापदण्ड छोड्न हामी तयार छौं तर अवैज्ञानिक तरिकाले लाइन बिस्तार गर्ने गरि हामी मान्न तयार छैनौं अर्का राजु रानाले भने । बस्तीका घरको सुरक्षाका निमित्त कम्तीमा १० मिटर अर्थात् सडकबाट १५ मिटरमा विद्धुतको पोल राख्ने ब्यबस्था मिलाउन माग गरिएको अर्का सहभागी रवीन्द्र खनालले बताए ।

छलफलमा हरिराज खनाल , जगन्नाथ खनाल , बद्री वाग्ले , रञ्जित आले शुरेस खनाल , रघुनाथ खनाल लगायत थुप्रै स्थानीयको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी