गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद आचारसंहिताः कार्यालयमा मद्यपान गर्न नहुने, निजी काममा सरकारी श्रोत प्रयोग गर्न नहुने

  • ख-
  • ख+

दमौलीः गण्डकी सरकारले मन्त्रिपरिषद सदस्यका लागि आचारसंहिता जारी गर्दै सरकारी श्रोत साधन निजी वा पारिवारिक काममा प्रयोग नगर्न सचेत गराएको छ ।

बुधबार एक आचारसंहिता जारी गर्दै उसले मन्त्रिपरिषद सदस्यहरुका लागि कार्यालय समयमा मद्यपान गर्न नहुने र भड्किलो पोशाक प्रयोग गर्न नहुने समेत भनेको छ ।

३० बुँदे आचारसंहिताको उपबुँदामा मन्त्री पदमा नियुक्ति भएको मितिले ६० दिनभित्र प्रचलित कानून बमोजिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण पेश गरी सार्वजनिक समेत गर्नु पर्ने पनि उल्लेख छ ।

मन्त्रिपरिषद्‍मा वा मन्त्रिपरिषद्का सदस्यकाबीचमा भएको वा हुने कुनै विवाद सञ्चारमाध्यम मार्फत अभिव्यक्त गर्न वा गर्न लगाउन नहुने, मन्त्रीले कास्की जिल्लाबाहिर जानुपर्दावाविदेश भ्रमणमा जानुपूर्वमुख्यमन्त्रीको स्वीकृति लिनु पर्ने र भ्रमणको सम्बन्धमा राष्ट्रको नाममा प्राप्त हुनेदान,पुरस्कार वा उपहार गण्डकी प्रदेश सरकारलाई बुझाउनु पर्ने कुरा पनि आचारसंहितामा छ ।

आचारसंहितामा स्वकीय वा निजी सचिव नियुक्ति गर्दा योग्य र क्षमतावान व्यक्तिलाई चयन गर्ने र निजकोकाम कारवाहीको सूपरीवेक्षण आफैँले गर्ने पनि छ ।

आफ्नो परिवारका कुनै सदस्य वा नजिकको नातेदार वा घनिष्ठमित्रसँग सरकारी काम कारवाही बाहेकका कुनै विवाद वा सहयोगका विषयलाई प्रत्यक्ष असर पुरयाउने गरी कुनै व्यक्ति वा पदाधिकारीबाट आतिथ्यता लिने,दान वा उपहार स्वीकार गर्ने वा गर्न लगाउन नहुने कुरालाई पनि आचारसंहितामा समेटिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी