‘किसान श्रेष्ठ उता गएर संगठनमा असर पर्दैन’

  • ख-
  • ख+

दमौलीः नेकपा एमालेकी नेतृ एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान नेपाल समूहमा गए पनि संगठनमा खास असर नपर्ने बताएकी छन् ।


दमौली न्यूजसँगको कुराकानीमा उनले श्रेष्ठनिकट धेरै नेता कार्यकर्ता समेत आफूहरुसँग कायमै रहेको बताएको दाबी गरिन् । ‘धेरैले हामीसँगै प्रतिवद्ध छौं भन्नुभएको छ,’ उनले भनिन्,‘त्यसले धेरै प्रभाव पर्दैन ।’


हाल माधव नेपाल समूहलाई दह्रो साथ दिएका श्रेष्ठ यस अघि ओलीसमूहनिकट हार्डलाइनरको पहिचानमा थिए ।

श्रेष्ठले नेपाल समूह रोजे पछि र एमाले समाजवादी पार्टी नै गठन भए पछि त्यसको सोझो असर संगठनमा पर्ने ठानिएको छ । तर नेता न्यौपानेले भने यसलाई अस्विकार गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी