दल विभाजन अध्यादेशविरुद्ध युवा संघको दमौलीमा प्रदर्शन

  • ख-
  • ख+

दमौलीः दल विभाजनसम्बन्धी अध्यादेशको विरुद्ध भन्दै एमाले भ्रातृ संगठन युवा संघले दमौलीमा प्रदर्शन गरेको छ ।

अनशन चौतारीबाट निस्किएको युवा संघको जुलुश एमाले पार्टी कार्यालयतिर पुगेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट २० प्रतिशत निर्वाचित केन्द्रीय सदस्यका साथमा दल विभाजन गर्न पाउने अध्यादेश जारी भएर एमाले विभाजन भए पछि युवा संघले आह्वान गरेको देशव्यापी रुपमा विरोधका कार्यक्रमअन्र्तगत दमौलीमा पनि प्रदर्शन गरिएको हो ।

सहभागी प्लेकार्ड तथा व्यानर लिएर अध्यादेशको विरोध जनाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी