एमाले विवादः तनहुँकी सांसद कलिलासहित नेपाल समूहका १४ सांसदलाई कारवाही

  • ख-
  • ख+

दमौलीः दल विभाजनसम्बन्धी अध्यादेश आउन लागेको चर्चा चलिरहेका बेला तनहुँकी प्रतिनिधि सभा सदस्य कलिला खान(खातुन)सहित नेकपा एमालेले माधवकुमार नेपाल समूहका १४ सांसदलाई कारवाही गरेको छ ।
पार्टी ह्विप उल्लंघन गरेको आरोपमा पार्टी संसदीय दलको बैठकले उनीहरुमाथि कारवाहीको निर्ण गर्दै निर्वाचन आयोगमा पत्र पठाइएको छ ।
यसरी कारवाहीमा पर्नेमा निम्न सांसद छन् ।
१)माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी

कारवाही गरिएकामा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणी चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव र कलिला खातुन छन् । तर कारवाहीमा पर्नेमा शेरबहादुर देउवाका पक्षमा मत दिएका प्रतिनिधि सभा सदस्य कृष्णक्ुमार श्रेष्ठ भने छैनन् ।

सभामुखले कारवाहीको सूचना दिंदै टाँस गरे पछि औपचारिक रुपमा उनीहरु पदमुक्त भएका मानिनेछन् । तर यसबारेमा संसद सचिवालयले तत्काल कुनै निर्णय गरेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी