निषेधाज्ञा उल्लंघन गर्ने व्यवसायीलाई प्रहरीको सजायः २० पसलको नम्बर प्रहरीलाई टिपाउनु

  • ख-
  • ख+

दमौलीः जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरेका व्यवसायीलाई अनौठो सजाय तोकेर पठाइएको छ ।

पसल बन्द गर्न तोकिएको समयमा पनि बन्द नगरेको भन्दै दमौलीको सफा सडकसहित विभिन्न भागबाट सवा ४बजे पक्राउ परेका ती व्यवसायीलाई विगतमाजस्तो यसपाली नगद जरिवाना नगराइएको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।


ती व्यवसायीलाई निषेधाज्ञा उल्लंघन नगर्ने सूचना अरु २० व्यवसायीलाई भन्न र त्यसको विवरण प्रहरीलाई बुझाउन भनिएको एसपी मैनालीले दमौली न्यूजलाई बताए ।


‘यसले कडा भन्दा सन्देशमूलक जरिवानामार्फत सचेतना फैलाउने निष्कर्ष छ,’ उनले भने । प्रहरीले रेकर्ड राखेर त्यसरी जानकारी पाएका व्यवसायीले पुनः उल्लंघन गरेमा भने जरिवाना गराउन प्रशासन पठाउने नीति लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी