गुणादीमा ‘टाइगर पार्क’

  • ख-
  • ख+

विकास खनाल
गुणादी:
म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा टाइगर पार्क सञ्चालनमा आउने भएको छ ।

डिभिजन वन कार्यालयको सहयोगमा बाराही सामुदायिक वन उपभोक्ता समितिले बाघको मुर्ति सहित पर्यापर्यटनको लागी टाईगर पार्क सञ्चालनमा ल्याउन लागेको सहायक वन अधिकृत मनोज रानाभाटले बताए ।

डिभिजन वन कार्यलयको ५ लाख सहयोगमा बाघको मूर्तिसहित अन्य पुर्वाधार निर्माण हुँदै गरेको रानाभाटले बताए । पृथ्वी राजमार्गबाट सजिलै देख्न सकिने र पैदल १० मिनेटमा पुग्न सकिने ( हाइवे रेष्टुरेन्ट बाट ) उक्त पार्कमा अहिले गोल घर , गार्डेन र ढुंगा बिछ्याउने काम भइरहेको रानाभाटले बताए ।

पानी तान्न सक्यौं भने पिकनिक स्पोर्ट पनि बन्न सक्ने उनको भनाइ छ , यसका लागि वडासँग पनि समन्वय भइरहेको उनले जानकारी दिए ।

म्याग्दे गापाकै वडा नं २ मा ट्रिहाउस बनेको र त्यो अहिले निकै भाइरल भइरहेको अवस्थामा एउटै रूट र नजिकै पनि पर्ने भएकोले घुम्न आउने पर्यटकहरू टाइगर पार्कमा पनि सजिलै पुग्ने उनले बताए । पार्क निर्माण पश्चात् गुणादी आसपास पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी