सिट क्षमताको आधा यात्रु राखेर मात्र सवारी चलाउन प्रशासनको आग्रह

  • ख-
  • ख+

दमौलीः बिहिबारबाट लामो दूरीका सवारी समेत चलाउन अनुमति दिएको सरकारले कुल सिटको आधा मात्र यात्रु राख्न आग्रह गरेको छ ।

तनहुुँ प्रशासनले बिहिबार जारी गरेको विज्ञप्तिमा भौतिक दूरी कायम गरी एक पंक्तिमा एक यात्रु मात्र राखेर सवारी चलाउन आग्रकह गरिएको छ ।

सबै यात्रुलाई अनिवार्य मास्क लगाउन, सवारीका चालकले मास्क, भाइजर र पञ्जा अनिवार्य लगाउन तथा सवारी साधनलाई नियमित निसंक्रमित गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
सहायक प्रजिअ चित्रांगद बरालद्वारा जारी विज्ञप्तिमा भाडादर भने अधिकतम ५० प्रतिशत मात्र थप लिन पाइने उल्लेख छ ।

शैक्षिक संस्थाहरु अर्को सूचनापछि मात्र
प्रशासनको विज्ञप्तिमा शैक्षिक संस्थाहरु, ट्युसन सेन्टर तथा तालिम केन्द्र भने अर्को सूचना जारी भए पछि मात्र चलाउन आग्रह गरिएको छ । सैलुन, ब्युटीपार्लर तथा स्पालाई पनि तत्काल सञ्चालन नगर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
प्रशासनले जारी गरेको विज्ञप्तिमा सभा, सम्मेलन तथा खेल गतिविधि पनि नगर्न अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी