
दमौलीः निषेधाज्ञा तोडेको भन्दै तनहुँ प्रहरीले दमौलीका व्यवसायीलाई पक्रेको छ ।
प्रशासनले सोमबारसम्मका लागि तय गरेको चार बजेको समयसीमा कटेपछि पनि पसल खोलेको भन्दै प्रहरीले सफासडक, भेटघाट चोकलगायतका ठाउँबाट ६ व्यवसायी पक्रेको थियो ।
अटेर गर्ने व्यवसायीलाई पक्रिएको प्रहरीको भनाई छ । पक्राउ गरिएकालाई सम्झाएर छाडिने प्रहरीको भनाई छ । पछिल्लो समय संक्रमण जोखिम बढेको भन्दै प्रहरीले कडाई गर्दै आएको छ ।