शिव पाञ्चायनमा विष्णुभक्त

  • ख-
  • ख+

दमौलीः व्यास ३ स्थित शिव पाञ्चायन माध्यमिक विद्यालयको अभिभावक भेलाले विष्णुभक्त न्यौपानेको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति चयन गरेको छ ।

जिल्ला समन्वय समिति तनहुँकी उप प्रमुख एवं संस्थापक अध्यक्ष पवित्रा पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले समिति चयन गरेको प्रधानाध्यापक बलराम वाग्लेले जानकारी दिए ।

भेलामा नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मी, वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ तथा वडा सदस्य रबिन पौडेल लगायत अभिभावकहरु उपस्थित थिए ।


नवगठित समितिका तिलबहादुर सुनार, दुर्गा काफ्ले र सुनिमाया विक सदस्यमा चयन भएका छन् । यसैगरी, विद्यालयका शिक्षक प्रतिनिधिमा हिमलाल घिमिरे चयन भएका छन् ।

यसैबीच, विद्यालयले सहायक प्रधानाध्यापकमा शिक्षक टिकाराम दाहाललाई चयन गरेको छ । प्रधानाध्यापक वाग्लेले विद्यालयले शैक्षिक सुधार गर्दै प्रगति गरिरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी