भीड अत्यधिक भएपछि ‘ट्रि हाउस’ बन्द

  • ख-
  • ख+

जामुनेः दर्शकको भीड अत्यधिक बढेको भन्दै सब डिभिजन वन कार्यालय तनहुँले ‘ट्रि हाउस’ बन्द गरेको छ ।

सामाजिक सञ्जालमा भाईरल बन्न थाले पछि दर्शकको संख्या कोरोना जोखिमका बेला पनि अधिक भएको भन्दै कोरोनाको जोखिम मध्यनजर गर्दै अर्को सूचना नआउँदासम्मका लागि हाउस बन्द गरिएको सहायक वन अधिकृत मनोज रानाभाटले बताए ।

प्रशासनले नै बन्द गर्न निर्देशन दिएकाले अर्को सुचना नभए सम्मको लागी पार्क तथा ट्री हाउस बन्द भएको भन्दै सूचना कार्यालयले जारी गरेको स्थानीय युवा सन्दिप रानाभाटले जानकारी दिए ।

बिदाका दिन झण्डै पाँच सय बढी दर्शक आउन थालेकाले जोखिम बढेको भन्दै प्रशासनले निर्देशन जारी गरे पछि आज कार्यालयले सूचना जारी गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी