छतबाट खसेका सैनिकको दमौलीमा मृत्यु

  • ख-
  • ख+

दमौली: आफ्नै घरको छतबाट खसेका दमौलीका एक सनिक जवानको ज्यान गएको छ ।

आईतबार राती छतको रेलिङबाट खसेका व्यास ३ देउरालीनगर निवासी ३७ वर्षिय सैनिक हवल्दार लछुमन् थापाको उपचारका क्रममा दमौली अस्पतालमा आईतबार राती निधन भएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

खैरेनीटार ३ नं बाहिनीमा हवल्दार पदमा कार्यरत उनी बिदामा रहेका बेला दुई तल्ला अग्लो घरबाट खसेको प्रहरीले प्रारम्भिक विवरण दिएको छ ।

सडकमा खसेका उनको छिमेकी र परिवारले उद्धार गरेर ल्याएकोमा राती नै निधन भएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी तिमल्सेनाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी