मुग्लिन–नारायणगढ सडकको अवरोध हट्यो

  • ख-
  • ख+

पानी परेमा फेरि पहिरो खस्ने त्रास
मुग्लिनः बुधबार राती परेको वर्षासँगै विहानैबाट अवरुद्ध मुग्लिन–नारायणगढ सडकको यातायात सुचारु भएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार विहान चार बजेबाट अवरुद्ध सडक आंशिक रुपमा खुले पनि अब भने पूर्ण रुपमा खुलेको हो ।

सडकको चार किलोमा खसेको ठूलो पहिरो विहान हटाइए पनि चार किलोमै केही मिटरको दूरीमा पहिरो खसेको थियो । पाँच किलोमा पनि अर्को पहिरो खसेकाले पुरै अवरोध हटाउन समय लागेको प्रहरी निरिक्षक कञ्चन तामाङले जानकारी दिए । ‘अहिले पुरै अवरोध हटाइएको छ,’ उनले भने,‘दुवैतर्फ गाडि चल्न थालेका छन् ।’

पहिरोमा खसेको कार हटाइयो
चार किलोको पहिरोमा विहान एक कार फस्दा अवरोध हटाउन समय लागेको थियो । कार हटाउन समय लागेकाले शुरुमा सडक एकतर्फी बनाइएकामा पछि कार समेत हटाइएको तामाङले जानकारी दिए ।

पानी पर्नासाथ त्रास
पानी पर्नासाथ माटो खस्ने भएकाले अहिले अवरोध हटे पनि फेरि कुनै पनि बेला सडकमा अवरोध आउन सक्ने त्रास छ । ‘अहिले अवरोध हटेको छ,’ प्रहरी निरिक्षक तामाङले भने,‘फेरि पानी पर्नासाथ खस्न थाल्छ ।’

उनले यात्रा गर्नुअघि पानी परेको अवस्था आदिबारे जानकारी लिएर मात्र हिंड्न यात्रुलाई सुझाव दिएका छन् । ‘पानी पर्लाजस्तो छ,’ उनले भने,‘पानी पर्नासाथ फेरि पहिरोको जोखिम छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी