बेलचौतारामा युवा संघको विस्तारित बैठक

  • ख-
  • ख+

दुलेगौंडाः नेकपा एमाले ( नेपाल ) युवा संघ नेपाल गण्डकी बिस्तारित बैठक तनहुँको बेलचौतरामा युवासंघ नेपाल गण्डकी अध्यक्ष कमल गैहेको अध्यक्षतामा सम्पन्न भएको छ ।


युवा संघ नेपाल केन्द्रीय अध्यक्ष नरेश शाहीले विस्तारित बैठकको उद्घाटन गर्दै युवाको काधमा देशको भविष्य अडेको बताए । युवाहरु प्रतिगमन र निरंकुशताको मलामी र संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जन्ती भएको भन्दै उनले अराजकता र बाँदर प्रवृत्तिका विरुद्ध राष्ट्रनिर्माणको खम्वा बन्न शुभकामना दिए ।


नेकपा एमाले केन्द्रीय सदस्य तनहुँ ईन्चार्ज प्रतापलाल श्रेष्ठ, नेकपा एमाले (नेपाल)का जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ , जिल्ला सचिव श्रीराम कार्की लगायत विभिन्न केन्द्रिय निकाय र विभिन्न जिल्लाका प्रतिनिधिहरुले बैठकमा रिपोर्टिङ तथा शुभकामना राखेको पार्टीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी