तनहुँ कोरोना अपडेटः ५ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ५४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । यो संख्या केही दिनयताकै न्यून हो ।

तर निर्देशनालयले जारी गरेको पुरुष र महिलाको विवरण उल्लिखत सूचीमा भने पाँच पुरुषको मात्र विवरण चढाइएको छ । परीक्षण गर्ने क्रम बढेसँगै तनहुँमा कोरोना संक्रमितको संख्या समेत बढिरहेको पाइएको छ ।

हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या चार सय ८१ छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १२ जनाको ज्यान गए पनि तनहुँमा भने ज्यान जाने घटना रेकर्ड भएका छैनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी