
गुणादी: पछिल्लो समय निकै भाइरल बनेको ट्रि हाउस वरपर सचेतनासँगै सरसफाइ कार्यक्रम गरिएको छ । म्याग्दे गाउपालिका वडा नँ २ को तरूण दलले सरसफाइ कार्यक्रम गरेको हो ।
पर्यटकहरूको चाप बढे सँगै फोहोर व्यवस्थापनमा समस्या आउने ठानि चेतनामूलक कार्यक्रम सहित सरसफाइ गरिएको शिवसक्ति युथ क्लबका अध्यक्ष एवं ट्रेड युनियन काङ्ग्रेस म्याग्देका अध्यक्ष रमेश अधिकारीले बताए ।
तरूण युवाहरूले अत्यन्तै राम्रो काम गरेको भन्दै ज्यान्ट्याङ सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले सहभागीहरूलाई धन्यवाद दिए । सामाजिक काम , विकास निर्माणको काम गर्दा राजनीतिबाट अलग हुनुपर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाभाटको भनाइ थियो ।
उक्त अवसरमा नेपाली काङ्ग्रेस म्याग्दे २ का पार्टी सभापति कृष्णबहादुर रानाभाटले सरसफाइ कार्यक्रम लाई निरन्तरता दिन युवालाई आग्रह गरे । तरूण दल म्याग्दे २ का अध्यक्ष संगम रानाभाटको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रमको सञ्चालन सचिव प्रताप परियारले गरेका थिए ।

सोही अवसरमा तरूण दलका नेता रमेश अधिकारीले ट्रि हाउस सम्म जाने बाटो जीर्ण भएकोले निःशुल्क रूपमा डोजर लगाइ निर्माण गर्ने घोषणा गरे । साथै पार्कमा रहेको पानी पोखरीमा आफ्नै खर्चले कछुवा राख्ने समेत बताए ।