अनेरास्ववियु(नेपाल) तनहुँको अध्यक्षमा सुमन श्रेष्ठ

  • ख-
  • ख+

दुलेगौंडाः नेकपा एमाले ( माधव नेपाल ) अनेरास्ववियु तनहुँको जिल्ला सम्मेलन शुक्लागण्डकीको भानुभक्त क्याम्पसमा सप्पन्न भएको छ । अनेरास्ववियु केन्द्रीय सदस्य गोविन्द महतको अध्यक्षतामा भएको भेलाले सुमन श्रेष्ठको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।


गठिट कमिटीको उपाध्यक्षमा किरण नेपाली, सचिव धिरज क्षेत्री सह–सचिवमा मनिषा महत र चाँदनी लामगादे, कोषाध्यक्ष रुसि थापा सहित छन् ।

सम्मेलनको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा तनहुँ ईन्चार्ज प्रतापलाल श्रेष्ठले विद्यार्थी शक्ती भोलिको देश निर्माणको आधार भएको र लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षा गर्दै जनमुखी शिक्षा प्राप्तिको आन्दोलनमा दृढता साथ अगाडि बढ्नुपर्ने मा जोड दिए ।


अनेरास्ववियु केन्द्रीय सचीव राजन शर्मा पराजुली , नेकपा एमाले(नेपाल)का जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ, जिल्ला सचिव श्रीराम काकीर्, युवासंघ प्रदेश संयोजक कमल गैह्रे, शुनपा पार्टी कमिटी अध्यक्ष दुर्गाकुमार श्रेष्ठ सचीव कमल ढकाल लगायत निवाचित वडा अध्यक्ष दिर्गब थापा, राम श्रेष्ठ रामजी खत्री लगायतले कार्यक्रममा बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी