बस दुर्घटनामा घाइते जीपी स्वास्थ्य कर्मचारी पौडेलको निधन

  • ख-
  • ख+

दमौलीः गत सोमबार चापाघाटमा भएको बस दुर्घटनामा परी घाइते दुई दिन अघि व्यास ५ चापाघाटमा भएको सवारी दुर्घटनामा घाइते जीपी कोईराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौंडाकी कर्मचारी व्यास १० निवासी अप्सरा भण्डारी पौडेलको निधन भएको छ ।

राजधानीको ग्राण्डी अस्पतालमा उपचाररत उनको शनिबार निधन भएको पारिवारिक श्रोतले बताएको छ । पोखराबाट दमौलीतर्फ आइरहेको ग १ ख ४२१५ नम्बरको यात्रुवाहक बस सडकबाट तल खस्दा च्यापिएकी पौडेलको अवस्था गम्भीर थियो ।

पोखराको मेट्रो सिटी अस्पतालमा उपचार हुन नसकेपछि परिवारले एयर डाइनेष्टीको हेलिकोप्टरमार्फत काठमाडौं लगेकामा उपचारका क्रममा उनको निधन भएको बताइएको छ ।
शरिरको तलको भागमा गम्भीर चोट लागेको भन्दै चिकित्सकले उनको शल्यक्रिया गरेका गरेका थिए ।

पत्रकार महासंघ सदस्य पौडेललाई पत्नीवियोग
दुर्घटनामा निधन भएकी पौडेल पत्रकार महासंघ तनहुँका साधारण सदस्य सूर्यभक्त पौडेलकी पत्नी हुन् । उनी महासंघ तनहुँका शाखा अध्यक्ष उज्वल पौडेलकी भाउजू हुन् ।

स्वर्गीय पौडेलको पारिवारिक परम्पराअनुसार दमौलीमा शनिबार अन्त्येष्टि गरिएको आफन्त एवं सञ्चारकर्मी मदन तिमल्सेनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी