दमौलीमा दर्जन बढी खानेपानी मिटर चोरी

  • ख-
  • ख+

दमौलीः पछिल्लो समय दमौलीमा खानेपानी मिटर चोरीका घटना बढ्न थालेका छन् ।
एक सातायता मात्र त्यस्ता दर्जन बढी मिटर चोरी भएको पाइएको छ ।

व्यास नगरपालिका वडा नं २ को वडा खानेपानी मिटरसमेत चोरी भएको छ । रातको समयमा मिटर फुकाएर लगेको वडा सदस्य टुकबहादुर हमालले बताए । चोरी गर्नेहरूले पहिलाको जस्तो पित्तलको ठानेर चोरेपनि अहिलेको मिटर किटको भएकोले कतै बिक्री नहुने हमालले बताए ।

‘चोरेर पनि बिक्री हुने होइन, नबुझेर चोरी गरेजस्तो देखिन्छ,’ उनले भने । मिटर चोरीका घटना बढे पनि प्रहरीले भने हालसम्म कसैलाई यस घटनामा पक्रन सकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी