छाब्दीमा भदौबाट ‘नियमित पूजा’

  • ख-
  • ख+

दमौलीः मनोकांक्षा पुरा गर्ने देवीका रुपमा प्रसिद्ध तनहुँको छाब्दी बाराही मन्दिरमा लामो समययता रोकिएको नियमित पूजा भदौबाट शुरु हुने भएको छ ।

निषेधाज्ञा तथा बाढी पहिरो लगायतका कारण मन्दिरमा लामो समयदेखि नियमित पूजा रोकिएको छ ।

हालै बसेको छाब्दी बाराही विकास कोषको बैठकले यस्तो निर्णय गरेको थियो । अब भदौबाट निषेधाज्ञाका कारण बाह्य श्रद्धालुका लागि मन्दिर नखुले पनि नियमित आन्तरिक पूजा निरन्तर गरिने व्यास १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले दमौली न्यूजलाई बताए ।


आन्तरिक पूजा खोलिने भए पनि तत्काल निषेधाज्ञाका कारण अरु श्रद्धालुका लागि पूजा नखुल्ने भएकाले मन्दिरको टाउकाको ठेक्का भने नलगाउने र अर्को व्यवस्था नभएसम्म कोषले नै व्यवस्थापन गर्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी