संचारकर्मी अपील डिस्चार्ज, भन्छन्’ काममा फर्किन समय लाग्छ ‘

  • ख-
  • ख+

दमौली: चर्चित टेलिभिजन कार्यक्रम गण्डकी छड्केका चर्चित प्रस्तोता अपील त्रिपाठी झण्डै दुई साता लामो जिएमसीअस्पताल बसाई पछि डिस्चार्ज भएका छन् ।
सामान्य अपरेशन गरिए पनि इन्फेक्सन देखिए पछि उनको स्वास्थ्य अवस्था अझ सहज हुन नसकेको पारिवारिक स्रोतले बताएको छ ।

अस्पतालबाट घर फर्के पछि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले घरमै थप उपचार र आराम गरिरहेको उल्लेख गरेका छन् ।

नियमित काममा फर्कन केही समय लाग्ने भन्दै अपिलले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो, चिन्ता राख्ने तथा स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी