ऋषिङमा रेडक्रसको विपद् जोखिम न्यूनीकरण तालिम

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीले समावेसी समुदाय निर्माणमा अपांगता भएकाहरुको सशक्तिकरण तालिम सम्पन्न गरेको छ ।

तालिमको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङ्गको सामाजिक बिकासमा रेडक्रसले खेलेको भुमिकाप्रति ऋषिङ्ग कृतज्ञ भएको बताए ।

साथै, उनले खानेपानी, सरसफाई, विपद् एवम अपाङ्गता भएको ब्यक्तिहरुका निम्ति खेलेको भुमिका र कृयाशिलताले ऋषिङ्गमा न्यून आए भएकाहरुको जीवनस्तर उकास्न महत्वपुर्ण भुमिका खेलेको बताए । उनले आगामी दिनमा निरन्तरताको अपेक्षा राख्दै स्थानिय सरकार सदैब रेडक्रसको साथमा रहेको पनि बताए ।

नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापती कृष्णहरी वाग्लेको सभापतित्वमा संचालित प्रशिक्षणमा मन्त्री चिनु पोख्रेल, कोषाध्यक्ष हरिशरण पण्डित, जिल्ला सदस्य महेन्द्रकुमार श्रेष्ठ लगायतले बोलेका थिए । तालिममा रेडक्रसका कार्यक्रम सुपरभाईजर प्रमोद अधिकारीले सहजीकरण गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी तनहुँका कार्यक्रम अधिकृत करुणानिधी भट्टराईले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी