
म्याग्देःगण्डकी प्रदेशका शिक्षा, सस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकाश मन्त्री मेखलाल श्रेष्ठ लाई म्याग्दे गाउपालिकाले स्वागत तथा सम्मान गरेको छ ।
बिहीबार गाउपालिकाको कार्यलयमा आएका मन्त्री श्रेष्ठलाई अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी , विभिन्न वडाका वडा अध्यक्षहरू , कार्यपालिका सदस्यहरू र कार्यलयका कर्मचारीहरूले स्वागत गरेका थिए ।
स्वागत कार्यक्रम पछिको आफ्नो संक्षिप्त मन्तब्य दिँदै मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयमा बजेट कम भए पनि म्याग्दे लाई माया गर्ने बताए । गाउँपालिका भित्र बाढीले क्षति भएका खानेपानी लगायतका समस्याका बारेमा आफ्नो मन्त्रालयले कसरी काम गर्दा धेरै भन्दा धेरैलाई सहयोग पुग्छ सोही अनुसार सहयोग गर्ने गरी काम गर्ने उनको भनाइ थियो ।

‘म्याग्देको सहयोगका लागि मैले सम्हालेको मन्त्रालय त छँदैछ त्यसमा पनि मैले गरेर हुने पहलले हुने ठाउँमा पहल गर्ने बिश्वास दिलाउँछु,’ मन्त्री श्रेष्ठले भने । छोटो समयमा गाउँपालिकाले गरेको स्वागत र सम्मानबाट देखाउनु भएको मायाको गुन आफुले तिर्ने उनले बताए ।
सो अवसरमा मन्त्री श्रेष्ठलाई अध्यक्ष मायादेवी राना तथा उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउपालिकाको लोगो अंकित मायाको चिनो प्रदान गरेका थिए ।