
दमौली: दमौली न्यूजकर्मी विकल श्रेष्ठले व्यास नगर युवा परिषदद्वारा आयोजित संक्षिप्त भिडियो प्रतियोगितामा उत्कृष्ट पुरस्कार जितेका छन् ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित भिडियो प्रतियोगितामा विजय आलेसँग मिलेर उनले बनाएको तनहुँसुर समेटेको भिडियोलाई निर्णायक मण्डलले उत्कृष्ट घोषणा गरेको हो ।आलेले भिडियो खिचेका थिए ।

श्रेष्ठले निर्देशन तथा सम्पादन गरेका थिए ।प्रतियोगितामा किरण थापा दोश्रो तथा अनिश गुरुङ र पवन सिग्देल तेश्रो भए। व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने उपस्थित कार्यक्रममा नगर उप प्रमुख मीरा जोशी र परिषद उपाध्यक्ष गौरव पन्थले पुरस्कार प्रदान गरेका थिए ।


प्रथमलाई १०, दोश्रो लाई ७ तथा तेस्रोलाई तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो।विजेता श्रेष्ठले नगरको पहिचानका लागि बनाएको भिडियोले पुरस्कार पाउँदा खुशी लागेको बताए ।अन्तर्राष्ट्रिय युवा दिवसमा रचनात्मक सन्देश दिन प्रतियोगिता गरेको उपाध्यक्ष पन्थले बताए ।
