कार्यकर्ताको ज्यानसँग खेलबाड गरेर कानूनको कुरा गरेर हुँदैनः भट्टराई

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कोरोना संक्रमणका कारण कैयौं कार्यकर्ताले ज्यान गुमाइरहेकाले पार्टीले उनीहरुको ज्यानसँग नखेल्ने बताएका छन् ।


तनहुँको थर्पूमा कार्यकर्ता भेटघाट गर्दै उनले अहिलेको अवस्था विशेष भन्दै कानून मात्र हेरेर कार्यकर्ताको ज्यानलाई जोखिममा पार्न दिन नहुने बताए । ‘हामी दुई वर्षदेखि लक डाउनमा छौं,’ उनले भने,‘यस्तो अवस्थाको परिकल्पना संविधान बनाउँदा गरिएको थिएन । कार्यकर्ताको ज्यानको मतलबै नगरेर कानून मात्र हेर्नु व्यवहारिक हुँदैन ।’


उनले छ महिनासम्म विशेष अवस्थाको परिकल्पना भए पनि त्यसपछिको अवस्थाबारे व्यवस्था नभएकाले पार्टीको केन्द्रीय समिति बैठकले यसबारे आवश्यक निर्णय लिने बताए ।

‘कार्यकर्ताको ज्यानको सुरक्षा, लोकतन्त्र र अहिलेको जोखिमलाई हेरेर आवश्यक निर्णय लिइनेछ,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी