हराएको मोबाईल खोज्न डुम्रे प्रहरीको सफलता

  • ख-
  • ख+

डुम्रेः पछिल्ला केही समययता हराएका मोबाईल फेला पार्न डुम्रे प्रहरीले सफलता पाएको छ ।
ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका अनुसार चालु आर्थिक वर्षमा १० यस्ता मोबाईल प्रहरीले फेला पारी धनीलाई बुझाइएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालका अनुसार साउन महिनामा मात्रै चोरी भएका चारवटा मोबाईल फेला पारी मोबाईल धनीलाई हस्तान्तरण गरिएको छ ।

करिब ४० हजार पर्ने मोबाईल हराएको तीन महिना पछि फेला पारेका भानु १ का कृष्णप्रसाद सापकोटा खुशी भएका छन् । ‘पाउने आशै थिएन, प्रहरीले खोजी गरेर दियो खुशी छु ।’

प्रहरीले लोकेशन ट्रेसका आधारमा यस्ता मोबाईल पत्ता लगाउने भन्दै हराएमा निवेदन दिन आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी