युवा दिवसमा मुख्यमन्त्री पोखरेलको शुभकामनाः कोभिड जितेर समृद्ध मार्गको यात्रा

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना दिंदै प्रदेशको कोभिड संक्रमणविरुद्धको लडाईंमा युवाको साथ अपेक्षा गरेका छन् ।

‘खाद्यप्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ नाराका साथ विश्वभर मनाइरहेको दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले भनेका छन्,‘प्रदेशलाई आफ्नै बजेट समेतको सहयोगमा सघन खोप कार्यक्रममार्फत कोभिडको जोखिमबाट पहिले मुक्त गर्ने अनि क्रमैसँग समृद्ध र समुन्नत बनाउने मार्गमा युवा जगतबाट रचनात्मक सहयोगको अपेक्षा राखेको छु ।’

शुभकामना सन्देशमा उनले आजको दिनले सबै युवालाई युवाका पक्षमा आवाज बुलन्द पार्ने र मुलुक अनि प्रदेशका लागि केही गर्ने आत्मविश्वास र क्रियाशीलताको शक्ति दिने विश्वास लिएका छन् ।

नेपाल र गण्डकी प्रदेश जोश र जाँगरयुक्त युवाले भरिपूर्ण भन्दै उनले हाम्रासामु देखिएको कोभिडको मुख्य समस्यासँग जुध्नका लागि प्रदेश सरकारले पूर्ण शक्तिमा काम गरिरहेको उल्लेख गरेका छन् ।

प्रदेशका नागरिकलाई कोरोनाबाट जोगाउने मुल मन्त्र प्रदेश सरकारले बोकेको छ भन्दै उनले यस युद्धमा सचेतना फैलाउन र संक्रमण नियन्त्रणका लागि सरकारले युवा जगतबाट महत्वपूर्ण साथको अपेक्षा गरेको उल्लेख गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी