१८ वर्षदेखि फरार साढे २१ वर्ष कैद फैसला भएका मक्रान्ति साइंला पक्राउ

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रहरीले २१ वर्ष ६ महिना कैद सजाय भएर पनि फरार एक व्यक्ति पक्रेको छ ।

कार्यालयका प्रवक्ता डिएसपी युवराज तिमल्सेनाका अनुसार यसरी पक्राउ पर्नेमा आँबु १ कुसुन्डेका मक्रान्ति साहिंला भनेर चिनिने खिमबहादुर सार्की छन् ।

उनीमाथि तनहुँ अदालतको इजलासले २०६० वैशाख ११ गते बलात्कार गरेर गर्भपतन प्रयास गर्दा पनि जन्मिएकी शिशुलाई हत्या गरेको अभियोगमा सजाय फैसला गरेको थियो । त्यसयता फरार उनलाई बुधबार पक्रेर अदालतमा पठाएको तिमल्सेनाले जानकारी दिए ।

अदालतको फैसलाबाट उनी कारागार चलानसमेत भएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्