ईञ्जिनियरहरुले भने,‘हाम्रो ज्यान जोखिममा छ,खोप दिइयोस्’

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशका ईञ्जिनियरहरुले आफूहरुलाई खोप दिन सरकारसँग माग गरेका छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यमार्फत ज्ञापनपत्र पठाउँदै उनीहरुले हरेक ठाउँमा हुने विकास निर्माणमा अनवरत खटिरहेको भन्दै आर्किटेक्ट, ईञ्जिनियर तथा भ्यालुअर्सको कोभिडका कारण ज्यान समेत गैरहेको भन्दै उनीहरुका लागि यथासिघ्र खोपको व्यवस्था गर्न माग गरेका छन् ।

माओवादी केन्द्रनिकट ईञ्जिनियरहरुको संस्था नेपाल राष्ट्रिय ईन्जिनियर संगठनका गण्डकी प्रदेश समितिका तर्फबाट प्रदेश सदस्य अनिल ढकालको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी