‘लाईफ इन एलए’को सुटिङ तनहुँमा

  • ख-
  • ख+

दमौलीः अमेरिकाको लस एन्जल्समा बसोबास गरिरहेका नेपाली समुदायको कथा बोकेको फिचर फिल्म ‘लाईफ ईन एलए’को सुटिङ तनहुँ र कास्कीका विभिन्न भागमा गरिएको छ ।
मुख्यगरी भीमाद र आसपासका सु्न्दर पर्यटकीय क्षेत्रहरुमा अहिले चलचित्रको छायांकन जारी छ ।

भिमाद जन्म घर भई हाल अमेरिकामा व्यास बिस्सुले अमेरिकी नेपालीको कथा समेटेर त्यहाँको जीवनशैली र नेपालसँगको सम्बन्धका आयाम जोडेर चलचित्रको निर्माण गरिएको बताए । अमेरिकामा नेपालीले दुःख मात्र नपाउने भन्दै उनले आफ्नो क्षमताअनुसारको जिम्मेवारीसमेत पाएका नेपालीको अवस्था पनि चलचित्रले दर्शाृउने बताए ।

व्यास इन्टरटेन्मटको प्रस्तुति रहेको यस चलचित्रमा निर्मातामा बिस्सुका अतिरिक्त राजेन्द्र ठकुरी, कार्यकारी निर्मातामा संसार सुवेदी छन् । निर्मातासहित गौरव पहारी, शिल्पा मास्के,
अकेसा बिष्ट , जेरेड विलप्स, वुद्धि तामाङलगायत कलाकारको भूमिका रहेको चलचित्रले नेपाली समुदायको जीवनशैलीका आयाम पस्कने ठानिएको छ ।

चलचित्रमा अभिनय समेत गरिरहेका सञ्चारकर्मी विष्णु गौतमले उत्कृष्ट चलचित्र बन्ने दाबी गरे । नेपाल र अमेरिका दुवै स्थानमा छायाङ्कन भईरहेको चलचित्रको निर्देशकमा सुर्यनारायण श्रेष्ठ तथा एसोसियट निर्देशकमा दीपक ओली, प्रडक्सन म्यानेजर प्रदीप आचार्य र संगीतकार अलिस कार्की छन् ।

चलचित्रको छायाङ्कन बाबु श्रेष्ठ र क्रिस वारेन, कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी