दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट व्यास १४ का एक ५१ वर्षिय पुरुषको ज्यान गएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार उपचारका क्रममा पोखरा विज्ञान प्रतिष्ठानमा रहेका ती पुरुषको बुधबार निधन भएको हो ।

निर्देशनालयका अनुसार ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी संक्रमितमा १७ महिला र १७ पुरुष छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 111 Viewed

प्रतिक्रिया दिनुहोस्