कुलमान घिसिङलाई युवाको खुला पत्रः तपाईंजस्तै अर्को कुलमान जन्माइदिनुस्

  • ख-
  • ख+

आदरणीय दाजु, कुलमान घिसिङज्यू नमस्कार
म आराम छु । यहाँमा पनि आरामको कामना गर्दछु ।

सर्वप्रथम त नेपाल विद्युत प्राधिकरणमा हजुरको पुनरागमनको लागि हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ! मन्त्रीमण्डलको निर्णय अनुरुप मिति २०७३ भदौ २९ गते यहाँलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त गरियो ।

नियुक्तिसंगै जहाँ बिजुलीका पोलहरु र बिजुली पुगे त्यहाँ १८ घण्टे लोडसेडिङ हटाएर २ घन्टा वा शून्य लोडसेडिङ भनौ लोडसेडिङ मुक्त बनाउनु भयो र सारा अन्धकार हटाएर उज्यालो बनाउनुभयो एकदम प्रसंसनिय काम गर्नुभयो । म यहाँनेर पूरा नेपाल नै उज्यालो भयो भन्न चाहन्न किनकि नेताहरुले देख्ने गरेका (विशेषतः चुनाव जितेर जाने र फर्केर नआउने सांसद ) काठमाडौ मात्र नेपाल हैन नेपाल त्यो गाउँ पनि हो अझै पनि बिजुलीको उज्यालो को एउटा किरण पनि पुग्न सकेको छैन ।

ती गाउँमा पनि अब ज्योतीको उज्यालोको आश पक्कै पनि पलाए होला ? र ति आशाका दियोहरु अब अझ चम्किएर यो कार्यकालमा पुर्णता हासिल गर्नेछन् भन्ने म पुर्ण विश्वस्त छु खिन्न नपारिदिनु होला ।


रो मनमा प्रश्न के उब्जिएको छ भने नेपालको ३ करोड जनता मध्यमा नेपाल विद्युत प्राधिकरणलाई हाँक्न सक्ने, फाइदामा लान सक्ने तपाइं भन्दा अरु कोहि छैनन् ? नेपाल विद्युत प्राधिकरण पुर्ण रुपमा तपाईं एक व्यक्तिको भरमा पर्नुपर्ने ? आखिर कहिलेसम्म ?

आदरणीय दाजु ! तपाईंको आगमन संगै देशमा बिजुलिको क्षेत्रमा जुन कायपलट गर्यो, त्यस्को निमित्त तपाईंको देन यो देशवासीले कहिल्यै बिर्सने छैनन् र जति नै शब्दहरुले प्रशंसा गरेपनी शब्दहरु कम पर्नेछन् । विगत लामो समयदेखि घाटामा चल्दै आएको नेपाल विद्युत प्राधिकरणलाई तपाइको कार्यकालमा एकाएक फाइदामा ल्याइदिनु भो ।

सबैलाई समान विद्युत भनेर औद्योगिकरणमा भएको बिजुली माफिया हरुलाई कम गराउनु भयो । र, देशको विभिन्न भागमा भएको विद्युत चुहावटलाई कम गराउनु भयो । यसरी कुशल व्यवस्थापन र जादुमयी तरिकाले विद्युत क्षेत्रमा परिवर्तन गराउनुभयो जस्ले गरे के हुदैन रैछ भनेर सबैलाई देखाईदिनु भयो ।

तपाईंको कार्यकालमा भएको कामबाट सबै एकदमै सन्तुष्ट भए तर त्यो हर्ष सदैलाई टिक्न सकेन । तपाईंको निर्देशक रहिरहने अवस्था समयावधि सकियो र २०७७ भदौ २९ मा तपाईको अवकास भयो जुन देशवासीहरुको लागि सह्य थिएन त्यसैले जनता फेरि सडकमा आउन बाध्य भए ।

त्यसैसाल भित्रिएको covid-19 को जोखिमलाई मोलेर भएपनी तपाइँको पुनः नियुक्तिको लागि जनता ओर्लिए र तपाईंको लागि रगत समेत बगाए जुन एकदमै जायज थियो । तर पनि २÷३ को दम्भ सरकारले टेरेन जनताको आवाज एक सुनेन । र तपाइंको कार्यअवधी पूरा भयो र हटाईयो तपाईको सट्टामा अर्को व्यक्ति ल्याईयो ।

विद्युत प्राधिकरण जस्ता अन्य कयौं आधारभुत कार्यालय छन् त्यहाँ तपाईं जस्ता योग्य कोही किन आउन सकेका छैनन् ? निर्देशन र व्यवस्थापन किन गर्न सक्दैनन् ? किन । के सबै निर्देशक भ्रष्ट छन् ? यस्तै प्रश्नहरुले मलाई औडाहा बनाइराखेको छ ।

अर्को व्यक्ति आइसकेपछि बेला बेला हुने लोडसेडिङले मान्छेलाई तर्साई पनि रह्यो कि फेरि उहीँ पुरानै अवस्थामा पुग्ने त हैन ? प्रश्नहरु उब्जिन थाले । माफियाको चक्कर फेरि अन्धकार, जेनेरेटर र इन्भर्टर को भर पर्नु पर्ने त होइन ? यस्तै प्रश्न मा जनता गाजिन थाले र उता प्राधिकरणले लाइन काटी नै रह्यो र एक बर्षको कार्यकालमा नाफामा भएको विद्युत प्राधिकरणलाई पुनः घाटामा लग्यो जस्मा नैतिकताले सो कार्यकारी निर्देशकले स्पस्टिकरण र राजिनामा दिनुपर्ने देखिन्छ तर अपशोच नैतिक पतन भएकाले त्यो नगर्लान् !


तर हुने हार दैव नटार ! जो भाग्यमा लेखिएको त्यही हुन्छ भनेझै सम्मानित नयाँ सरकार र सम्माननिय देउवा सरकारबाट तपाईलाई पुन कार्यकारी निर्देशक बनाउने कदम उठायो सारा देशवासीमा हर्षोउल्लास छाएको छ र तपाईलाई स्वागत गर्न एकदमै आतुर छन् र म पनि छु तर म भित्र अर्को एउटा कुण्ठाले पनि जन्म लिएको छ, त्यसै कारण म यो पत्र लेख्न विवश छु ।

मेरो मनमा प्रश्न के उब्जिएको छ भने नेपालको ३ करोड जनता मध्यमा नेपाल विद्युत प्राधिकरणलाई हाँक्न सक्ने, फाइदामा लान सक्ने तपाइं भन्दा अरु कोहि छैनन् ? नेपाल विद्युत प्राधिकरण पुर्ण रुपमा तपाईं एक व्यक्तिको भरमा पर्नुपर्ने ? आखिर कहिलेसम्म ? आफ्नो जिम्मेवारी बहन गर्न सक्ने तपाई जस्तो सपूत नेपालले अरु कहिले पाउने ? नेपाल विद्युत प्राधिकरण जस्ता अन्य कयौं आधारभुत कार्यालय छन् त्यहाँ तपाईं जस्ता योग्य कोही किन आउन सकेका छैनन् ? निर्देशन र व्यवस्थापन किन गर्न सक्दैनन् ? किन । के सबै निर्देशक भ्रष्ट छन् ? यस्तै प्रश्नहरुले मलाई औडाहा बनाइराखेको छ ।


त्यसैले आदरणीय दाजु म यसै पत्रमार्फत म के भन्न चाहन्छु भने तपाईं नेपाल विद्युत प्राधिकरणमा एकदमै योग्य हुनुहुुन्छ तपाईंको कार्यकालमा नेपाल विद्युत प्राधिकरणले फेरि नयाँ उर्जाका साथ कायपलट ल्याउने छ र अब सिङ्गो नेपाल नै अन्धकारबाट हटेर उज्यालोमा रमाउनेछ भन्ने कुरामा दुइमत नहोला र म पुर्ण विश्वस्त पनि छु र म के आग्रह गर्न चाहन्छु भने अबको तपाईको कार्यकालमा तपाईं जस्तै एउटा तपाइको उत्तराधिकारी चेला निर्माण गर्नु ताकी भोली उस्ले पनि तपाइको जस्तै नेपाल विद्युत प्राधिकरणलाई तपाईंले जस्तै प्रगतिशील बाटोमा लगोस् । र, तपाईंको कार्यकाल सकिदै गर्दा सडकमा उत्रिन नपरोस् ’ हाँसी खुशी हर्षोउल्लासका साथ बिदाई गर्न पाउँ ।
नेपाली नागरिक !

आकाश क्षेत्री

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी