कोभिड संक्रमणबाट ज्यान गुमाएका सदस्यका परिवारलाई लायन्स म्याग्देको १ लाख

  • ख-
  • ख+

थर्पुः कोभिड संक्रमणका कारण ज्यान गुमाएका आफ्ना सदस्यलाई तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाई र लायन्स क्लब अफ तनहुँ म्याग्देले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

क्लबका संस्थापक सदस्य तथा तनहूँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईका कार्यसमिति सदस्य यज्ञनारायण श्रेष्ठको कोभिड–१९ संक्रमण देखिएकामा उपचारका क्रममा निधन भएको थियो ।

क्लबका सदस्य तथा सामाजिक क्षेत्रबाट संकलित एक लाख रुपैयाँ पत्नी देवी श्रेष्ठलाई हस्तान्तरण गरिएको क्लबका संस्थापक अध्यक्ष एवं एकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा क्लबका अध्यक्ष सुरेन्द्र अधिकारीसहित वर्तमान पदाधिकारीको उपस्थिती थियो ।
यस अघि तनहुँ उद्योग वाणिज्य संघले पनि परिवारलाई सहयोग गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी