आँबुखैरेनीको लाब्दीमा ५० रोपनी जग्गाको गाँजा नष्ट

  • ख-
  • ख+

आँबुखैरेनी : आँबुखैरेनी ५ स्थित लाब्दीमा तनहुँ प्रहरीले ५० रोपनी जग्गामा लगाइएको गाँजा नष्ट गरेको छ ।

प्रहरीद्वारा जारी सूचनामा प्राकृतिक रुपमै उम्रिएको गाँजा नष्ट गरेको उल्लेख गरेको छ ।

पछिल्लो समय गाँजा नष्ट अभियानलाई तीव्रता दिइरहेको प्रहरीले विभिन्न गाउँपालिकामा यस्ता गाँजाका बोटहरु नष्ट गर्ने क्रममा आँबुखैरेनीमा ठूलो परिमाणमा गाँजाका बोट नष्ट गरिएको प्रहरी प्रवक्ता युवराज तिमिल्सेनाले बताए ।

गाँजा नष्ट गर्न ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरी टोलीले काम गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी