तनहुँको विकास निर्माणबारे मुख्यमन्त्रीलाई सांसद डोवाटेको ध्यानाकर्षण

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेस सभा सदस्य डोवाटे विकले तनहुँको विकास निर्माणबारे मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएका छन् ।

मुख्यमन्त्रीको कार्यालयमा भएको भेटघाटका क्रममा मुख्यमन्त्री पोखरेललाई सांसद विकले तनहुँका निर्माणाधिन र रोकिएका विकास निर्माणमा प्रदेश सरकारको अनुगमन र निगरानी आवश्यक रहेको बताए । ‘तनहुँले तपाईंबाट धेरै अपेक्षा गरेको छ,’ सांसद विकले भने,‘विशेष प्राथमिकता दिनुहोला ।’

जवाफका क्रममा मुख्यमन्त्रीले आफू प्रदेशका विकास निर्माणमा अनियमितता नहोस् र प्रभावकारी काम होस् भन्ने पक्षमा रहेको भन्दै विकासे कामको अनुगमन र निगरानीको संयन्त्र प्रभावकारी पार्ने प्रतिवद्धता जनाए ।

‘तनहुँ म आफैं जन्मिएको जिल्ला हो । त्यहाँको विकाससँग मेरो विशेष चासो छ,’ मुख्यमन्त्रीको भनाई उद्धृत गर्दै सांसद विकका स्वकीय सचिव देव रसाईलीले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी