नेकपा व्यास १४ मा एचबी थापा सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः नेकपा माओवादी केन्द्र व्यास १४ को अध्यक्षमा हर्कबहादुर थापा (एचबी मगर) चयन भएका छन् । व्यास नगर अध्यक्ष रामचन्द्र सापकोटाको प्रमुख आतिथ्यमा सोमबार बसेको भेलाले थापाको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको हो ।


यसैगरी, गठित कमिटीको सचिवमा रोजन थापा चयन भएका छन् । कमिटीका सदस्यहरुमा हरि थापा, मनबहादुर परियार, किशोर थापा, नारायण थापा, शान्ता सुनार, सुनिता थापा, सञ्जित राना, तिलाराम थापा चयन भएका छन् ।

भेलामा नगर अध्यक्ष सापकोटाले अब पार्टी संगठन सुदृढिकरण गरेर जनतामाझ लाग्न कार्यकर्ताहरुलाई सुझाव दिएको माओवादी केन्द्र व्यास १ का अध्यक्ष बादल आलेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी