अनलाईन कक्षा पढाउन केशवटारमा ‘एक शिक्षक एक ल्यापटप’

  • ख-
  • ख+

दमौलीः विद्यार्थीलाई अनलाईन कक्षा पढाउन भन्दै व्यास १४ केशवटारको केशवटार माविका १५ शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्र्तगत हाल प्रदान गरिएको ल्यापटप अनलाईन शिक्षण तालिम सिकेका शिक्षकलाई प्रदान गरिएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच वडाध्यक्ष काजिमान श्रेष्ठले प्रधानाध्यापक दुर्गाबहादुर आलेको उपस्थितीमा शिक्षकलाई ल्यापटप हस्तान्तरण गरे ।

उनले ल्यापटप अभावमा अनलाईन शिक्षण नै हुन नसकेको अवस्थामा विद्यालयलाई प्रस्ताव बनाउन लगाएर कार्यक्रममा आवेदन दिएकामा सफल भएको बताए ।

‘२०६४ सालमा वायरलेस इन्टरनेट शुरु भएको विद्यालयमा अहिले अनलाईन कक्षा नै चल्न नसक्ने भए पछि गरिएको पहलले सार्थकता पाएको छ,’ उनले भने ।

अध्यक्ष श्रेष्ठले विद्यालयमा रहेका २२ मध्येका बाँकी शिक्षकलाई पनि तालिम पाए पछि ल्यापटप दिइने बताए । विद्यालयले सरकारबाट प्राप्त प्रति विद्यार्थी एक सय २५ रुपैयाँ रकमबाट इन्टरनेट खरिद पनि गरेर नियमित कक्षा सञ्चालन गर्ने प्रधानाध्यापक आलेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी