म्याग्दे र सिस्नेपालिकाका जनप्रतिनिधिबीच अन्तर्क्रिया

  • ख-
  • ख+

म्याग्दे

म्याग्दे गाउपालिका र रूकुम पुर्वकाे सिस्ने गाउपालिकाका जनप्रतिनिधिबीच अन्तर्क्रिया भएको छ । साेमबार म्याग्दे गाउपालिकाकाे कार्यलयमा भएको अन्तर्क्रियामा दुबै पालिकाका जनप्रतिनिधि बिच अनुभव अादान प्रदान भएको म्याग्दे गाउपालिकाकि अध्यक्ष मायादेवी रानाले बताइन् ।

अध्यन अवलोकन भ्रमणको शिलसिलामा म्याग्दे अाइपुगेकाे टाेलिमा सिस्ने गाउपालिका रुकुम का अध्यक्ष कुमारी बराल र उपाध्यक्ष गोवर्धन बुढा लगायत रहेका थिए । साे अवसरमा म्याग्दे गाउपालिका अध्यक्ष रानाले गाउपालिकाकाे समग्र बिकास निर्माण र बस्तुस्थितिका बारेमा जानकारी गराएकी थिईन् ।

रानाले जनप्रतिनिधि र कर्मचारी बिचकाे सहकार्यले नैं गाउपालिका लाई समृद्ध र सफल बनाउन सकिएको बताएकी थिइन् । यस्तै सिस्ने गाउपालिकाका अध्यक्ष कुमारी बरालले अाफ्नाे पालिकाकाे काम र बिकासका बारेमा जानकारी गराएका थिए ।

अन्तरक्रिया पश्चात् गाउपालिकाकाे लाेगाे अंकित मायाको चिनाे अध्यक्ष रानाले प्रदान गरेको गाउ कार्यपालिका सदस्य बद्रीका घिमिरेले बताइन् ।

कार्यक्रममा याेजना शाखा प्रमुख श्रीराम खनाल , उद्योग शाखा प्रमुख प्रदिप न्याैपाने , सुजित बराल लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी