एक पक्षीय नवीकरण नगर्न माधव पक्षको ध्यानाकर्षण

  • ख-
  • ख+

दमौली: नेकपा एमाले (नेपाल) को  व्यासमा एक भेला सम्पन्न भएको छ ।
नेकपा एमालेको नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकबाट आएका पार्टी केन्द्रीय सदस्य एवं तनहुँ ईन्चार्ज  प्रतापलाल श्रेष्ठ, सांसद कलिला खान सहितको उपस्थितिमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र पार्टी भित्रको आन्तरिक एकता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा  बारे मार्गनिर्देशन गर्दै  आ आफ्नो धारणा राखे ।

जिल्ला सचिव श्रीराम कार्कीको संयोजनमा भएको उक्त कार्यक्रममा श्रेष्ठले अहिले पार्टी एकता प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।
कम्युनिष्ट आन्दोलनलाई रक्षा गर्दै  समाजवादको यात्रा तय गर्नु पर्ने  बेला एकल हिसाबले पार्टी सदस्यता नविकरण भन्दै अगाडि बढ्नु औचित्य नभएको उनले बताए ।

यसलाई बृहत रूपमा पार्टी  एकता गरिसकेपछी  सदस्यता नविकरण अभियान चलाउन नेपाल पक्षले नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी