क्षेत्रीय सभापतिमा लड्ने काजिमानको घोषणा

  • ख-
  • ख+

दमौलीः व्यास १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले आसन्न कांग्रेस अधिवेशनमा तनहुँ क्षेत्र नम्बर १(२) बाट क्षेत्रीय सभापति लड्ने घोषणा गरेका छन् ।

वडाध्यक्षका रुपमा सफल कार्यकाल सञ्चालन गरेका श्रेष्ठले पार्टीको विगतको हार मेटाउन पनि बलियो र प्रभावकारी संगठनका लागि आफू क्षेत्रीय सभापतिमा लड्न लागेको बताए ।

दमौली न्युजसँग कुरा गर्दै उनले भने,‘यो क्षेत्रमा पार्टीलाई बलियो बनाउन सबैको भावना समेट्ने र एकताका लागि कम्प्रमाइज गर्न सक्ने नेतृत्व आवश्यक छ । र, म त्यसका लागि सक्षम छु ।’
यस अघि लामो समय शिक्षणको पृष्ठभूमि रहेका काजिमानले वडाध्यक्षको चुनावमा पनि तुलनात्मक कमजोर मानिएको क्षेत्रमा अत्यधिक मत प्राप्त गरेर चुनाव जितेका थिए ।

स्थानीय सरकारको सञ्चालनको अनुभव समेतलाई समेटेर अब पार्टीको नेतृत्वमा अघि बढ्न लागेको भन्दै उनले यसका लागि पार्टीका नेता कार्यकर्ताले दबाब दिएको बताए । ‘मलाई त पार्टीले दिने जिम्मेवारी स्विकार छ, तर नेता कार्यकर्ताले क्षेत्रीय सभापतिमा लड्न सुझाउनुभएको छ र म उहाँहरुको भावनाको सम्मान गर्छु ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी