व्यास १ युवक मृत्यु प्रकरणः परिवारद्वारा जाहेरी दर्ता

  • ख-
  • ख+

दमौलीः व्यास १ अडमपानीस्थित खोल्सामा युवकको ज्यान गएको घटनाको अनुसन्धानका लागि परिवारले जाहेरी दिएका छन् । उनी मंगलबार साँझ मृत भेटिएका थिए ।

परिवारले घटनाको अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएका हुन् । ती युवकको हाल शव पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको छ ।

आफन्तले दिएको जाहेरीमा कसैको नाम नतोकिए पनि घटनाको अनुसन्धानका लागि आग्रह गरिएको र आफूहरुले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी