भाईरल‘ट्रि हाउस’ प्रवेश शुल्क अब ३० रूपैयाँ

  • ख-
  • ख+

विकास खनाल
गुणादी:
म्याग्दे गाउँपालिका वडा नं २ स्थित ज्यान्ट्याङ सामुदायिक वनमा निर्मित हरित पार्क ‘ट्रि हाउस’ प्रवेशका लागि ३० रूपैयाँ शुल्क लाग्ने भएको छ ।

पार्क व्यवस्थापन तथा अधुरा पुर्वाधार निर्माण सँगै हेरचाह र रेखदेखका लागि एकजना गार्ड समेत राख्न शुल्क लिन थालिएको स्थानीय अगुवा युवा संगम रानाभाटले बताए । ‘सुरुमा हामीले १ जनाको ५० रूपैयाँ लिएका थियौं तर सबै पुर्वाधार सम्पन्न नहुँदै ५० लिँदा नकारात्मक टिकाटिप्पणी आउँछकी भनेर भोलिपल्टै सच्याएर ३० रूपैयाँ मात्रै लिने निर्णय गयौं,’ रानाभाटले भने ।

पार्कमा अहिले टिकटक बनाउन र फोटो खिच्न दैनिक सयौँको संख्यामा मानिसहरू आउने गरेको अर्का युवा सन्जिव रानाभाटले बताए । डिभिजन वन कार्यलय र सबडिभिजन वन कार्यलय तथा ज्यान्ट्याङ पँधेरीखोला सामुदायिक वनको संयुक्त लगानीमा हरित पार्क ( ट्रि हाउस ) निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ ।

सब डिभिजनको १२ लाख ५० हजार र ज्यान्ट्याङ सामुदायिक बनको २० प्रतिशत लगानीमा हरित पार्क निर्माण भएको हो । ट्रि हाउस, पानीको फोहोरा निर्माण अन्तिम चरणमा रहेको र पिकनिक स्पट बन्दै गरेको ट्रि हाउस संरक्षणमा लागेका सन्जिवले बताए । ‘हामीले बत्ती जडान गरेर रातको समयलाई आकर्षक पारिसकेका छौँ , अब बाँकी पुर्वाधार पनि छिट्टै सम्पन्न गर्ने गरि काम गरिरहेका छौं,’रानाभाटले भने ।

यहाँको सबैभन्दा मुख्य समस्या बाटोको हो, यसतर्फ गाउपालिकाले तत्कालै ध्यान दिनसके अझै पर्यटक बढ्दै जाने अपेक्षा गरेका छौं,’ उनले भने । पार्क निर्माण सम्पन्न पश्चात् पिकनिक खाने, हेर्न आउने , फोटो खिच्ने र टिकटक बनाउन आउने मानिसको भीड लाग्ने विश्वास स्थानीय अगुवाहरूको छ । पार्कको संरक्षण र रेखदेखका लागि छिट्टै छुट्टै समिति बनाउने योजना रहेको सन्जिव रानाभाटले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी