कोरोना अपडेटः नयाँ संक्रमित १५३९

  • ख-
  • ख+

काठमाडौं : नेपालमा थप  १५३९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप  १५३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ।

संक्रमितमध्ये ४१ हजार ७०६जना निको भएर घर फर्किएका छन्।   प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०६८ जना घर फर्किएका छन्। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्