‘म्याग्देवासीको दुःख सुखमा म्याग्दे–दमौली समाज’

  • ख-
  • ख+

दमौली: म्याग्दे–दमौली समाजको पहिलो स्थापना दिवस कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भएको छ । समाजका अध्यक्ष मनिराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा समाजको महत्त्वका बारेमा चर्चा गरिएको थियो ।

सोही अवसरमा समाज कस्तो अवस्थामा र कुन उद्देश्य लिइ खुलेको हो भन्ने बारेमा अध्यक्ष थापाले प्रस्ट्याएका थिए । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष भाग्यशाली ढुंगानाले म्याग्देबाट दमौली र आसपास बसोवास गर्न आएका बासिन्दालाई दुःख सुख बाड्न र अठ्यारो पर्दा सहयोग गर्न समाज स्थापना भएको बताए ।

विभिन्न उद्देश्य राखी म्याग्देबाट दमौली आउने सबै लाई समाजमा आबद्द हुन उपाध्यक्ष क्या तारालाल मल्लले आग्रह गरे । कार्यक्रममा कोषाध्यक्ष रमा वाग्लेले समाजको आर्थिक अवस्था मजवुत बनाउन सबै लाग्नुपर्ने बताइन् ।

सहसचिव कमला वाग्ले समाजका पुर्व सचिव पदम श्रेष्ठ, विधान मस्यौदा समितिका संयोजक हरिश्चन्द्र वाग्ले, सदस्य केशव पौडेल, सीता वाग्ले, काजीमान श्रेष्ठ, विष्णु वाग्ले लगायतले समाजको स्थापना र अहिलेको गतिविधिका बारेमा बोलेको सचिव विकास खनालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी