म्याग्दे १ काे वाइसीएल अध्यक्षमा साजन थापा

  • ख-
  • ख+

गुणादी : नेकपा माओवादी केन्द्रकाे भातृ संस्था वाइसीएल नेपालले देशव्यापी रूपमा संगठन विस्तार अभियान चलाएको छ ।


यसै क्रममा शनिबार म्याग्दे गापा वडा नँ १ मा साजन थापाको अध्यक्षतामा ३९ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटीको उपाध्यक्षमा कृष्ण विक , सचिवमा पारसमणि लम्साल , कोषाध्यक्षमा रामकृष्ण विक लगायत रहेको वाइसीएल जिल्ला कोषाध्यक्ष अनिल अधिकारीले बताए ।

यस अघि भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य एवम् वडा नँ १ का अध्यक्ष दलबहादुर विकले युवाहरू अनुशासित हुनुपर्ने बताए । देशको भविष्य युवाको काँधमा रहेको छ भन्दै उनलेे युवाहरू लाई पार्टी संगठन सँगै रचनात्मक काममा लाग्न सुझाब दिए ।

कार्यक्रमका बिशिस्ट अतिथि वाइसीएल तनहुँका कोषाध्यक्ष अनिल अधिकारीले देशको विकास र जनताको असली काम गर्ने पाटि नेकपा माओवादी केन्द्र मात्रै भएको हुँदा सबै युवाहरू एकजुट भएर पाटिमा लाग्न अाब्ह्वान गरे ।

कार्यक्रममा वाइसीएल म्याग्देका अध्यक्ष राजन विसि , सचिव हर्कबहादुर राना , दिर्वु टाेल विकास सँस्थाका अध्यक्ष रामबहादुर विक लगायतले मन्तव्य राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी